काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० मिलियन डलर आर्थिक सहयोग गरेको छ ।
फिफाले बिहिबार कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई १० मिलियन सहयोग गर्ने घोषणा गरेको हो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरूलाई सहयोग पुर्याउन विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने समेत बताएका छन् ।
यस्तै फिफाले युरोकप फुटबल र कोपा अमेरिका फुटबल स्थगित गर्ने निर्णयलाई समेत स्वीकृत गरेको छ ।
चीनबाट फैलिएको कोरोनाका कारण विश्वभर १० हजार बढी मानिसको मृत्यु भईसकेको छ । यस्तै २ लाख ४५ हजार बढी मानिसलाई कोरोना संक्रमण भएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया