काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले एक विज्ञप्ती जारी गर्दै ओलीको अवस्थाबारे जानकारी गराएको हो । प्रधानमन्त्री ओलीको सबै सूचकहरुको अवस्था राम्रो रहेको अस्पतालले जनाएको हो ।
सल्यकृयापछि ओलीलाई उपचार कक्षमा राखिएको अस्पतालले जानकारी गराएको हो । प्रधानमन्त्रलिाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य स्थिति समान्य रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा. प्रेमकृष्ण खड्काले जनाकारी दिए ।\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया