काठमाडौं – काठमाडौंमा हलुका वर्षा भएको छ । विहानैदेखि धुम्मिएको आकाश अहिले पनि उस्तै छ । केहिबेरअगाडी काठमाडौंमा वर्षा भएको कारण चिसो बढेको महशुस भएको छ । उता जुम्लामा फेरि शुक्रबार बिहानदेखि हिमपात भएको छ । हुम्लामा पनि हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएका कारण जनजीवन प्रभावित बनेको हो । उता दैलेखमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
वर्षा र धुमिल मौसमका कारण आन्तरीक उडानसमेत प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण आज बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । काठमाडौँ विमानस्थलको भिजिविलिटी कम छ । बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको छ । विराटनगर विमानस्थलको सेवा पनि प्रभावकारी भएको छैन । धेरै ठाउँमा चिसोका कारण कामकाज प्रभावित भएका छन् ।
महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा दर्शनका लागि लाईन बसेर पालो कुरेका हजारौँ भक्तजनहरुलाई पनि वर्षाले प्रभाव पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया