नेपालको दोस्रो शतक पुरा

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्द्धा गरिरहेको छ । कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा अहिले भईरहेको खेलमा नेपालले अहिले टस हारेर ब्याटिङ गरिरहेको छ ।

४१ ओभरको खेल सकिएको छ । नेपालले ५ विकेटको क्षतीमा २०० रन जोडेको छ । योसँगै नेपालले दोस्रो शतक पुरा गरेको छ ।

नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ रनले परािजत भएको थियो भने शनिवार भएको दोश्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

कमजोर ब्याटिङ गरेको नेपाललाई ओमनसँग बदला लिन ब्याटिङ सुधार गर्नुपर्ने चुनौती छ । लगातार दुई जित निकालेको ओमनको मनोबल आज उच्च रहेको छ । ओमनले दोस्रो खेलमा अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।

अहिले अमेरिका १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने समान १२ अंक बनाएको ओमन रनरेटका आधारमा दोस्रो स्थानामा रहेको छ ।

सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका, ओमन,स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ ।

नामिवियाको आठ र युएईको सात अंक छ । २ खेलबाट नेपालको दुई अंक हुँदा ८ खेल खेलिसकेको पपुवा न्युगिनी अंकविहिन छ ।

लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?