पहिलो हाफ सकिदा थ्री स्टार र संकटाको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले पहिलो हाफमा पाएको मौकाको सदुपयोग गर्न सकेनन् ।

उपाधि होडबाट बाहिरिसकेको थ्री स्टार शीर्ष ६ भित्र पर्ने लक्ष्य सहित मैदान उत्रिएको छ । यस्तै संकटा पनि शीर्ष ६ मा रहन चाहन्छ । लिगमा संकटा पाँचौं र थ्री स्टार छैटौं जितको खोजीमा छ ।

थ्री स्टार १७ अंक सहित चौंथो र संकटा १५ अंकसहित लिगको पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?