खुला टेबलटेनिस : पुलिसका प्रदीप र स्यान्टु क्वाटरफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लबका प्रदीप रोका र स्यान्टु श्रेष्ठ यहाँ जारी तेस्रो सम्झना कप अन्तरराष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले बिहीबार भएको खेलमा आफ्नै क्लबका विपुल महर्जनलाई ४-१ अङ्कले तथा स्यान्टुले सशस्त्र प्रहरी बलको एपीएफ क्लबका एलेक्स महर्जनलाई ४-१ अङ्कले नै पराजित गरेका हुन् ।

पुरुष एकलतर्फ नै सीसीआरसीका आरिष महर्जनले नेपाल आर्मीका बोधित केसीलाई ४-३ अङ्कले हराए । एपीएफका अमरलाल मल्लले ललितपुरका रितिज जोशीलाई ४-० अङ्कले, पुलिस क्लबका राकेश महर्जनले आर्मीका कृष्ण थापामगरलाई ४-२ ले, भारतका आदर्श ओम क्षेत्रीले आर्मीका नारायण घिमिरेलाई ४-० ले, काठमाडौंका चन्दन शाहीले बाँकेका टेन्डी शेर्पालाई ४-२ ले तथा पुलिस क्लबका विनेश खनियाँले एपीएफका विलोश श्रेष्ठलाई ४-० अङ्कले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे ।

ललितपुर जिल्ला टेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको महिला एकलतर्फ पुलिसकी नविता श्रेष्ठले आर्मीकी दिया देउलालाई ४-०, पुलिसकै सोनु थापामगरले विजेश्वरीकी मारिया थापामगरलाई ४-०, एपीएफकी सिक्का सुवालले पुलिसकी मञ्जु सुवाललाई ४-०, आर्मीकी रविना महर्जनले विजेश्वरीकी अनुष्का प्रसाईंलाई ४-१, एपीएफकी अनिता महर्जनले एपीएफकै इभाना थापामगरलाई ४-३, पुलिसकी एलिना महर्जनले आर्मीकी स्वेच्छा नेम्वाङलाई ४-१, भारतकी ममता प्रभुले विजेश्वरीकी सुस्मिता खड्कालाई ४-० तथा आर्मीकी दीक्षा तामाङले प्राइमकी निकिता कस्तीलाई ४-१ अङ्कले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?