ढोरपाटन महिला भलिबल : डायमन्ड र पुलिस विजयी

काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब यहाँ जारी १५औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गतको खेलमा विजयी भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यू डायमन्डले चितवनलाई ३–० सेटले हराएको हो । सो खेलमा डायमन्ड २५–१५, २५–१७ र २५–१९ अङ्कले विजयी भयो । जितसँगै डायमन्ड सात खेलबाट १५ अङ्क जोडेर चौथो स्थानमा छ । यस्तै पुलिसले चितवत टाइगर्सलाई ३–० सेटमा पराजित ग-यो ।

पुलिसले चितवनलाई २५–१५, २५–१४ र २५–१४ अङ्कले हरायो । जितसंँगै पुलिसको २२ अङ्क छ । चितवन सात खेलबाट १० अङ्क जोडेर छैटौँ स्थानमा छ ।

यसैगरी त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई २५–१३, २५–१२ र २५–१० अङ्कले हरायो । आर्मी १८ अङ्कसहित तेस्रो स्थानमा छ । चुलीले सामाखुशी इइ्गलिस स्कूललाई २५–७, २०–२५, २५–११, १७–२५ र १५–६ अङ्कले पराजित ग-यो । अर्को खेलमा बुलबुले रारा भलिबल क्लबले आयोजक ढोरपाटनलाई २५–१७, २५–९ र २५–१९ अङ्कले हरायो । बुलबुले १४ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?