करण केसीको शानदार बलिङ, लिए ओमानको ४ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर नेपाल पहिले बलिङ गरिरहेको छ ।  करण केसीले नेपाललाई आठौं सफलता दिलाएका छन् । ओमानको आठौं विकेट करण केसीले लिएका थिए ।  ४८ ओभरको खेल सकिदा नेपालविरुद्ध ओमानले ९ विकेट गुमाएर १७२ रन जोडेको छ ।

ओमानले विश्वकप लि- २ अन्तर्गतको ६ खेल खेलीसकेको छ । ६ खेलमा ४ जित सहित ८ अंक बटुलेको ओमान अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

सिरिजमा उसले बलियो टिम स्कटल्याण्ड, पीएनजी र युएईलाई पराजित गरिसकेको छ ।

२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?