काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले ओमानको तेस्रो विकेट लिएको छ । अविनाश बोहराको बलमा दिपेन्द्र सिंह ऐरीले अकिब अयासलाई १६ रनमा रन आउट गरे ।
१३ ओभरको खेल सकिदा ओमानले ३ विकेट गुमाएर ३९ रन जोडेको छ । यस ओभरमा अविनाश बोहराले मेडनसहित १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया