काठमाडौं । चौंथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी-ट्वान्टी क्रिकेट आठ महिना पछि सरेको छ ।
आयोजक धनगढी क्रिकेट एकेडमीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल सरेको जनाएको हो । एकेडमीले चौंथो संस्करणको प्रतियोगिता आगामी कात्तिक दोस्रो साताबाट आयोजना हुने जनाएको छ ।
नयाँ तालिका अनुसार प्रतियोगिता कात्तिक ८ देखि २२ गतेसम्म हुनेछ । यस अघि एकेडमीले चौंथो संस्करणको प्रतियोगिता फागुन ३ गतेबाट आयोजना हुने जनाएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने हुँदा प्रतियोगिताको मिति सारिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया