राष्ट्रिय पुरुष भलिबल टिममा मान बहादुरको ‘कमब्याक’

काठमाडौं । स्पाइकर मान बहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको प्रारम्भिक टोलीमा परेका छन् ।

त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरले करिब ८ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । नेपाल भलिबल संघले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि मान बहादुरलाई टिममा बोलाएको हो ।

सेन्ट्रल जोनका लागि संघले घोषणा गरेको १८ सदस्सीय प्रारम्भिक टोलीमा मान बहादुर परेका छन् । बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन चैतको पहिलो साताबाट हुनेछ ।

नेपालले प्रतियोगिताको लागि शुक्रबारबाट बन्द प्रशिक्षण समेत थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?