कप्तान विलियम्सनले भारतविरुद्धको दुई खेल गुमाउने

काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको सुरुवाती दुई खेल गुमाउने भएका छन् ।

बाँया हातको कुममा लागेको चोटको कारण विलियम्सनले सुरुवाती दुई खेल गुमाउने भएका हुन् । घरेलु टिम न्युजिल्याण्डले भारतसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

न्युजिल्याण्डले विलियम्सनको स्थानमा मार्क चापम्यानलाई टिममा बोलाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?