नापोलीको सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित हात पारेको छ । सोमबार राति भएको खेलमा नापोलीले साम्पडोरियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

साम्पडोरियाको मैदानमा नापोलीलाई जित दिलाउन एरिक मिलिक, इल्फिज इल्मास,डिगो डिम्मी र ड्राइज मेर्टेन्सले एक एक गोल गरे ।साम्पडोरियाका फाबियो र मानोलोले एक एक गोल फर्काए ।

जितसँगै नापोली २२ खेलमा ३० अंक जोडेर लिगको दशौँ स्थानमा उक्लिएको छ । साम्पडोरिया २० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?