चोटका कारण नेयमार टिम बाहिर

काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार टिमबाट बाहिर भएका छन् । छातीमा चोट बोकेका नेयमार नान्टसंगको खेल अगाडी टिमबाट बाहिर परेका हुन् ।
गत शनिबार मोन्टिपेलियरबिरुद्ध जित निकालेको खेलमा नेयमारलाई उपचारको आवश्यकता देखिएको थियो । लगत्तै उनले पेरिसको नाईट क्लबमा आफ्नो २८ औं जन्म दिन मनाएका थिए ।
क्लब प्रशिक्षक थोमस टुचेलले टिमको छनोट वर्थ डे पार्टीको समयबाट प्रभावित नभएको बताएका छन् । सोमबार क्लबले नेयमारको चोट पुष्टि गर्दै लिग वानको शनिबारको खेलमा उनले चोट बोकेको बताएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?