काठमाडौं । बिग बास लिग (बीबीएल) क्रिकेटको यस सिजनको टिम अफ दि सिजन सार्वजनिक भएको छ ।
बीबीएलले सोमबार सिजनको उत्कृष्ट-११ सार्वजनिक गरेको हो । टिम अफ दि सिजनको कप्तानीमा ग्लेन म्याक्सवेल रहेका छन् । यस्तै, टिममा मार्कुस स्टोनिस, जोश इन्ग्लिश, म्याथ्यु वेड, जोनाथन वेल्स, मिचेल मार्श र टम करण रहेका छन् ।
यस्तै राशिद खान, ड्यानिल साम,पिटर सिड्ले र हरिस राउफले स्थान बनाएका छन् । नेपालका सन्दीप लामिछाने भने उत्कृष्ट-११ मा आटाएनन् ।
बीबीएलले प्रतियोगिता नसकिदै टिम अफ दि सिजन घोषणा गरेको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया