सुजितको गोलमा जावलाखेल विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) क्लबलाई पराजित गरेको छ ।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा सुजितले गोल गर्दै जावलाखेललाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

खेलमा जावलाखेलका दिलन लोक्ताम म्यान अफ दि म्याच चुनिए । लिगमा जावलाखेलको यो चौंथो जित हो । जितसँगै जावलाखेल लिगको सातौं स्थानमा उक्लिएको छ । जावलाखेलले १० खेलमा १५ अंक जोडेको छ ।

ब्रिगेडले १० खेलमा ८ अंक जोडेको छ । ११ औं स्थानमा रहेको ब्रिगेडको यो छैटौं हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?