मनाङ र च्यासल भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबको सामना गर्दैछ ।

अपराजित मनाङले लिगको ६९ औं खेलमा ललितपुरको च्यासलसँग भिड्न लागेको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।

एन्फा मैदानमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । लिगमा ९ खेल खेलेको मनाङ १० अंक सहित तालिकाको तेस्रो स्थानमा छ । च्यासल समान खेलबाट ९ अंक जोडेर दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?