प्रतिभाको घुँडाको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा मालीको घुँडाको सफल शल्यक्रिया भएको छ ।

त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा प्रतिभाको घुँडाको चोटको सफल शल्यक्रिया भएको हो । घुँडाको सफल शल्यक्रिया गरिएपनि प्रतिभा ९ देखि १२ महिना कोर्ट बाहिर रहने छिन् ।

प्रतिभाले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला(पुरुष क्लब भलिबल च्याम्पियनसिप भलिबलको दौरान बाँया घुँडाको चोट बोकेकी थिइन् ।

एपीएफविरुद्धको फाइनल खेलको तेस्रो सेटको दौरान प्रतिभाले चोट बोकेकी थिइन् । एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् ।

यो पनि पढ्नुहोस् : प्रतिभा माली एक वर्ष कोर्ट बाहिर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?