काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगमा लेभान्तेलाई पराजित गरेको छ ।
आईतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेलाई २-१ ले पराजित गरेको हो । बार्सिलोनाका जितमा युुवा स्टार फातीले दुवै गोल गरे । खेलको ३० औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
खेलको अन्तिम समयमा लेभान्तेका रुबेन रोचिनाले एक गोल फर्काए । जितसंगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंक दुरी घटाएको छ । बार्सिलोना ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियलको ३ अंकको अग्रता छ ।
लेभान्ते २६ अंक सहित तालिकाको १३ औं स्थानमा छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया