काठमाडौं । स्टेभन विर्गवाईनले डेब्यु खेलमै गोल गरेपछि टोटेनहमले प्रिमियर लिगमा म्यान्चेष्टर सिटीलाई पराजित गरेको छ ।
टोटेनहमले १० खेलाडीमा सिमित सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सिमित बन्यो । लगत्तै घरेलु टोली टोेटनहमले दुई गोल गर्यो ।
६३ औ मिनेटमा डेब्यु खेलाडी विर्गवाईनले भलीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । सन ह्युङ मिनले ७१ औं मिनेटमा टोटेनहमका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै टोटेनहम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोटेनहम चौथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडी छ । टोटेनहमले लिगको शीर्ष चारमा आफ्नो दौडलाई जारी राखेको छ ।
जितसंगै टोटेनहम ३७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लियो । सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा रह्यो । एजेन्सी
यो पनि पढ्नुहोस् : लुकाकु चम्किदा सिरी ए फुटबलमा इन्टर विजयी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया