पहिलो हाफमा आर्मी र पुलिसको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र पुलिसले १-१ गोलको बराबरी खेलेका छन् । पहिलो हाफमा सुरुवाती अग्रता पुलिसले बनाएको थियो । खेलको २० औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । निर कुमार राईको फ्रिकिकमा बुद्धले हेड गोल गरेका थिए ।

तर, खेलको ३४ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए । आर्मी २० अंक सहित लिगको दोस्रो स्थानमा छ । पुलिस १४ अंक सहित छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?