काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा सिमित मोन्टपिलरलाई ५-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा पाब्लो साराबिया, एन्जल डी मारिया,केलियन एमबाप्पे र लेभिन कुर्जावाले एक एक गोल गरे । थप एक गोल मोन्टपिलरका डानिल कोङग्रेसले आत्मघाती गोल गरे ।
खेलमा दिमित्री बेर्तौड र जोरिस चोर्टाडले रातो कार्ड पाउँदा मोन्टपिलर ९ खेलाडीमा समेटिएको थियो । पीएसजीले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल गरेको थियो ।
जितसँगै शीर्ष स्थानको पीएसजीले २२ खेलमा ५५ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको मार्सेली भन्दा १३ अंकले अघि रहेको छ । ३३ अंक जोडेको मोन्टपिलर पाँचौं स्थानमा रहेको छ । एजेन्सी
यो पनि पढ्नुहोस् : साउथह्याम्पटनमाथि लिभरपुलको सहज जित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया