काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।
६० औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।
त्यस्तै, खेलको ९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए । जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ । लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक रहेको छ । पराजित साउथह्याम्पटन ३१ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एजेन्सी
यो पनि पढ्नुहोस् : एट्लेटिको मड्रिडमाथि रियलको जित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया