काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा भिड्नेछन् भने दोस्रो खेलमा आर्मी र पुलिसले प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ । शीर्ष ६ मा रहेको संकटालाई जित आवश्यक छ । उसले १२ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ ।
त्यस्तै, आर्मी २० अंक सहित दोस्रो स्थानमा छ । पुलिस १४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।
यो पनि पढ्नुहोस् : एट्लेटिको मड्रिडमाथि रियलको जित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया