काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीका वैकल्पिक खेलाडी राजेश परियार दुवै गोल गरे । खेलको ३२ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा राजेशले दोस्रो गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमा गोल फर्काउने मौका पायो । तर, ब्रिगेडका कप्तान अनिल गुरुङ पेनाल्टीमा चुके ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया