शानदार जितसँगै रियल क्वार्टरफाईनलमा

काठमाडौं । रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

रियल जारागोजामाथि ४–० गोल अन्र्तरले पराजित गर्दै रियलले अन्तिम ८ मा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफमा गर्दैराफेल भरानो, लुकास भाजक्वेजले समान एक एक गोल रियललाई २–० ले अघि बढाएका थिए । दोस्रो हाफमा भिनिसियस जुनियर र करिम बेन्जिमाले समान एक एक गोल गर्दै रियललाई सहज जित दिलाए ।

रियल स्पेनिस लिगको शीर्ष स्थानमा छ । जितसँगै रियल लिगमा ३ अंकको अग्रता लिएको छ । रियलले मड्रिड डर्बीमा आगामी शनिबार एट्लेटिकोसंग खेल्दैछ । एजेन्सी

यो पनि पढ्नुहोस् : ४६ गोलअन्तर भएको त्यो रोचक फुटबल गेम (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?