काठमाडौं । सावित्रा भण्डारी सम्मेलित गोकुलम केरेलाले भारतको हिरो महिला लिग फुटबलमा सहज जित हात पारेको छ ।
मंगलबार दिउँसो भएको समूह बीको खेलमा सावित्राको पाँच गोलमा गोकुलमले केन्क्री फुटबल क्लबलाई १०-१ गोल अन्तरले पराजित गरेको हो । लिगका दुई खेलमा सावित्राले ६ गोल गर्न सफल भएकी छिन् ।

गोकुलमको जितमा सावित्रासंगै मनिषा कल्याण, ग्रेसी लालरामपारी, करिष्मा शिर्विकरले गोल गरे । गोकुलमले पहिलो हाफमै ७ गोल गरेको थियो । सावित्राले पाँच गोल गर्दा करिष्माले ह्याट्रिक गरिन् । मनिषा र ग्रेसीले एक एक गोल गरे ।
सौम्या गुलुलोटले एक सान्तव्ना गोल फर्काईन् । सावित्राको गोलमा गोकुलमले भारतीय महिला लिगमा कीर्तिमानी जित निकालेको हो ।
यो पनि पढ्नुहोस् : साम्बा यसरी बनिन् दक्षिण एसियाकी ‘बेष्ट स्ट्राईकर’(भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया