काठमाडौं । चितवनको भरतुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुस सहित पक्राउ परेका छन् ।
विद्युतिय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने प्रयोजनका लागि घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उनलाई १० हजार घुससहित पक्राउ गरेको हो ।
उनलाई घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया