यस्तो रहनेछ आगामी ३ दिनको मौसम

बुधबार देशको पुर्वी तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको अनुसार बुधबार राति पनि पश्चिमी भू(भागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ।
यस्तै बिहिबार दिउँसो देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली भई पुर्वी भू्भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य उच्च पहाडीरहिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै शुक्रबार देशको मध्य तथा पुर्वी भूभागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?