काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरासँग प्रहरीले बयान लिन सुरू गरेको छ।
सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालका अनुसार आजैदेखि सरकारी वकिल समक्ष प्रहरीले उनको बयान लिन सुरू गरेको हो।
महरामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले उनी पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिनको समय दिएको थियो। उक्त समय आज सकिँदै छ।
यसअघि स्वास्थ्यको कारण देखाउँदै महराले बयान दिन मानेका थिएनन् । आज बयानपछि उनीमाथि अनुसन्धान गर्ने म्याद थप्न सकिने सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ। म्याद थप्न फेरि अदालत लैजानुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया