६० वर्षमा पहिलो पटक महिलालाई मदिरा किन्न छुट !

कोलम्बो, २७ पुस । श्रीलंकामा अब महिलाले समेत मदिरा किन्न पाउने भएका छन् । पछिल्लो ६० वर्षमा पहिलो पटक १८ वर्षभन्दा माथिका महिलालाई यो छुट दिइएको हो सरकारले महिलालाई पनि मदिरा किन्न सक्ने वातावरण बनाउनका लागि सन् १९५५ को कानुनमा परिमार्जन गर्न लागिएको जनाएको छ । सरकारले यो कानुनले महिलाई विभेद गरेकाले परिमार्जन गरिएको जनाएको छ श्रीलंकाका वित्तमन्त्री मंगला समरवीराले कानुन परिवर्तनको घोषणा गरेका हुन् । यसका साथै अब महिलाले मदिरा विक्री हुने क्षेत्रमा समेत काम गर्न पाउनेछन् यो पुरानो कानुन श्रीलंकामा कडाईका साथ लागु नभएपनि केही महिलाले यसमा गरिएको परिवर्तनको स्वागत गरेका छन् । सामाजिक सञ्जालमा पनि महिलाले सरकारको यो निर्णयको स्वागत गरेका छन् नयाँ कानुनअनुसार महिलालाई अब रेस्टुरेन्ट र बारमा काम गर्न या पिउनका लागि सरकारी स्वीकृतिको आवश्यकता पर्नेछैन केही मानिसहरुले भने यो निर्णयले महिलाहरु मदिराको लतको शिकार बन्नसक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । श्रीलंकामा महिलाले सांस्कृतिक कारण पारम्परिक रुपमा मदिरा सेवन गदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?