गँजेडी दीपकराज : भन्छन् गाँजालाई नेपालमा ‘लिगलाइज’ गर्नुपर्छ (भिडियो सहित)

काठमाडौं । कलाकार दीपकराज गिरीलाई आफ्नै बोली बेला बेलामा भारी पर्ने गरेको छ । पछिल्लो समय कलाकार गिरीको एउटा अभिव्यक्ति त्यस्तै बनेको छ र विबादमा तानिएको छ । कलाकार गिरीले एक अन्तर्वार्तामा नेपालमा गाँजालाई खुला रुपमा बेच्न पाउनुपर्ने अभिन्यक्ति दिनुभएको थियो । त्यो एकाएक विवादमा परेको छ ।

अन्तर्वार्ताको क्रममा प्रकाश सुवेदीले कलाकार गिरीलाई तपाईंलाई नि गाँजाप्रेमी भन्छन् नि हो ? भन्ने प्रश्न गर्नुभएको थियो । त्यसको उत्तरमा कलाकार गिरीले आफ्नो मुखमा गाँजा नपरेको १६ दिन भएको बताउनुभयो ।

गाँजाले आफूलाई थप क्रियटिभ बनाउने भएकाले फिल्मको काम हुँदा गाँजा सेवन गर्ने गरेको कलाकार गिरीको भनाई थियो । साथै उहाँले गाँजालाई नेपालमा वैध बनाउनुपर्ने बताउनुभयो ।

कलाकार गिरीले गाँजालाई नेपालमा वैध बनाउनुपर्ने मात्रै बताउनुभएन कतिपय रोग पनि गाँजाले निको जिकिर गर्नुभयो । साथै उहाँले गाँजा चुरोट तथा मदिराभन्दा राम्रो भएको पनि प्रतिक्रिया दिनुभयो । कलाकार गिरीको यो भनाई अहिले विवादमा परेको छ । गिरीका शुभचिन्तकले युट्यवमा खुबै गाली गरेका छन् तर केहिले समर्थन पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?