शुभेच्छाको ‘लक्ष्मी रानी’ कात्तिक १ गतेबाट

काठमाडौं । चलचित्र ‘लक्ष्मी रानी’ कात्तिक १ गतेबाट प्रर्दशनमा आउँने भएको छ । सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’को परिकल्पना पत्रकार विनोद त्रिपाठीले गर्नुभएको हो ।

नायिका शुभेच्छा थापाले पहिलो पटक निर्देशन गर्नुभएको चलचित्रको लेखन तथा लगानी पनि थापाको नै रहेको छ । चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मुख्य भूमिका रहेको छ ।

नायिका थापाको यो चलचित्रमा दोहोरो भूमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरीलगायत रहेका छन् । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रालिले जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?