मेलिना राईको जीवनमा आधारित रहेर बन्यो यस्तो गित (भिडियोसहित)

काठमाडौं – अन्जन पनेरु र सुदिप पनेरुको पहिलो लोक दोहोरी गीत ‘भेट भयो माया’ युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
नेपाली गित संगीत पारखिहरुको लागि यो नयाँ स्वाद भएको गित हुनेछ । फरक धाराको लोक दोहोरी गीत युट्युवमा ९० हजारभन्दा धेरैले हेरिसकेका छन् ।
अन्जन पनेरु र सुदिप पनेरुको शब्द तथा लय रहेको गीतमा निर्माता स्वयम् र चर्चित गायिका मेलिना राईको आवाज रहेको छ ।

‘भेट भयो माया’

गोर्खा म्युजिक प्रालीले उत्पादक एवं वितरक रहेको उक्त गीतमा काजि

श श्रेष्ठ र चर्चित मोडल अन्जली अधिकारीले मोडलिङ गरेका छन्। गीतको छायांकन गोदावरी क्षेत्रमा गरिएकोले दृश्य निकै मनोरम छ ।
प्रस्तुत लोक दोहोरीको गित गायिका मेलिना राईको वास्तविक जीवनमा आधारीत रहेको निर्माण पक्षले बताएको छ ।

कोरियोग्राफर एवं निर्देशक काजिश श्रेष्ठले कोरस डान्सरको राम्रो प्रयोग गरेका छन् जसले भिडियो झनै आकर्षक बनाएको छ । भिडियोमा काजिश र अन्जलीको केमेस्ट्री जमेको छ भने अजय रेग्मीले भिडियोलाई आकर्षक तरिकाले खिचेका छन् ।

गीतलाई दिपक विष्टले सम्पादन गरेका छन् । गीतको रेर्कडिग प्रिज्म स्टुडियोमा गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?