चेम्बर अफ कमर्शको तिज व्यापार मेला – भदौ ६ र ७ गते

appharu
0
Shares

काठमाण्डौं । नेपाली नारीहरूको महान चाड तिजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्वारा ‘दोस्रौं तिज व्यापार मेला–२०७६’ आयोजना हुने भएको छ ।

काठमाण्डौंको जमलस्थित कमर्शमा भदौ ६ र ७ गते २ दिनसम्म चल्ने व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको चेम्बरले जनाएको छ ।

मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्वारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य लिएको नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले यसपालि अर्गानिक व्यापार मेलाका रूपमा यसलाई अगाडि बढाइएको बताउनुभयो ।
महिला चेम्बर अध्यक्ष श्रेष्ठले तिज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको दाबी गर्नुभयो ।

मेलालाई आकर्षक र मनोरञ्जनात्मक बनाउनका लागि पूर्व उद्योग मन्त्री तथा प्रदेश ३ सांसद अष्टलक्ष्मी शाक्य, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, निर्माता, निर्देशक एंव कलाकार दिपाश्री निरौंला लगायतको उपस्थीति रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?