दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु

appharu
0
Shares

काठमाडौं । दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका-१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही-१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो ।

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?