सुरक्षा पन्तले दर्शक तर्साउदै (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । सुरक्षा पन्तद्वारा अभिनित चलचित्र घर साउन ३ बाट प्रर्दशनमा आउँदै छ ।

चलचित्रमा रामै अभिनय गरे पनि अभिनेत्री पन्तले जसभन्दा अपजस बढि खेपेकि छिन् । चलचित्र ‘चङ्गा चैट’, ‘धनपति’, ‘गोपी’ लगायतमा उन्को अभिनयले सोचेअनुरुपको सफलता पाउन सकेन ।

प्रेमिका बनेर गरेको अभिनयबाट दर्शकको माया पाउन नसकेपछि त्यसैको रिस फेर्न हो या अभिनयको अर्को तह देखाउन उन्ले अब हरर फिल्ममार्फत् दर्शक तर्साउने भएकी छिन ।

हरर फिल्म ‘घर’मा उनले भूतसँग अभिनय गरेकी छन् । साउन ३ गतेबाट प्रदर्शनमा आउने उनको हरर फिल्म ‘घर’ को अभिनयले दर्शकलाई तान्न सक्छ कि सक्दैन हेर्न बाँकी नै छ ।

तर नेपालको सबैभन्दा फ्लप जेनर भनेकै भूतको फिल्म हो । अहिलेसम्म कुनै पनि हरर फिल्म हिट हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?