सप्तरी, २१ भदौ ।नेपाली जनसम्पर्क समिति साउदी अरबले तराईका बाढी पीडित जनतालाई राहत वितरण गरेको छ । साउदी अरबमा बसोबास गर्ने नेपाली कांग्रेससँग आस्थावानहरुले तराईका बाढी पीडितको निम्ति संकलन गरेको रकम मंगलबार सप्तरी जिल्लाको अत्ति नै दुर्गम गोबरगाडामा गई वितरण गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलसहित, नेपाली जनसम्पर्क समिति साउदी अरबका संरक्षक पुरुषोत्तम खनाल र वरिष्ठ उपसभापति अर्जुन थापासहितको टोली दुईघण्टाभन्दा बढी डुङ्गाको यात्रागर्दै गोबरगाढा पुगेको थियो । अत्यन्तै कष्टकर दैनिकी गुजारा गरिरेका गोबरगाडाका जनताले राहत टोली पुग्दा स्वागत गरेका थिए । गिरिजाप्रसाद कोइरालापछि आफ्नो गाँउमा कोही नआएको र अहिले पौडेल सहितको जनसम्पर्क समिति साउदी अरबको टोली पुगेको भन्दै स्थानीयले धन्यवाद दिए ।भिडियो नेपालको श्रीलंकाको रुपमा चिनिने गोबरगाडाका जनताको दैनिकी पशुपालनभन्दा अन्य विकल्प छैन । स्थानीयको नाममा अहिलेसम्म जमिनको लागपुर्जा नभएको भन्दै बैकल्पिक व्यपस्थाको लागी पहल गरिदिन पीडित जनताले आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया