बढ्यो कांग्रेस केन्द्रीय समितिको आकार : वरिष्ठसहित ५ उपसभापति, १५ सहमहामन्त्री [सूचीसहित]

लोकपथ
0
Shares
????????, ?? ????? ?????? ?????????? ????????????? ?????????? ?????????? ?????? ???? ?????? ?????????? ???? ??????????? ?????? ??? ?????????? ???????? ????????? ???????? ?????????? ?????? ???????? ????? ??????? ????? ?????÷????

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ ।

संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो ।

समावेशी प्रतिनिधित्व, युवाहरूको सहभागिता र पेसागत क्षेत्रका विज्ञहरूलाई पार्टीको नीति निर्माण तहमा समेट्ने गरी ल्याइएको यो संशोधनले कांग्रेसलाई थप संगठित र जिम्मेवार बनाउने पार्टीका प्रवक्ता देवराज चालिसेले बताए ।

कांग्रेसले आफ्नो विधानलाई समयसापेक्ष बनाउँदै सांगठनिक संरचनालाई थप विस्तार गरेको छ ।

संशोधित व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिमा सभापतिबाहेक वरिष्ठ उपसभापतिसहितका पदाधिकारीको व्यवस्था गरिएको छ । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका समुदायलाई नेतृत्वमा स्थापित गर्न क्लस्टरगत आरक्षणको व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ ।

नयाँ विधानको अर्को मुख्य विशेषता ३५ वर्षमुनिका २१ जना युवाहरूलाई अनिवार्य रूपमा केन्द्रीय समितिमा स्थान दिनु हो ।

यसका साथै, पेशागत क्षेत्रका विज्ञहरू (इन्जिनियर, चिकित्सक, पत्रकार, प्राध्यापक आदि) लाई समेत कोटा निर्धारण गरी ७ जनालाई केन्द्रीय समितिमा स्थान दिइएको छ । प्रवासमा रहेका नेपालीहरूको भुमिकालाई उच्च मूल्याङ्कन गर्दै जनसम्पर्क समितिबाट पनि ७ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

प्रवक्ता चालिसेकाअनुसार केन्द्रीय कार्यसमितिमा सभापतिबाट ६६ जना मनोनित हुनेछन् । यति ठूलो संख्याको केन्द्रीय समिति बनाउनुको अर्थ ‘कार्यक्षेत्र विस्तार’ गर्नु भएको उनले स्पष्ट पारे ।

यसअघि अधिवेशनको बन्द सत्रमा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पनि पारित भएको छ ।

मितव्ययी ढंगले अधिवेशन सम्पन्न भइरहेको दाबी गर्दै प्रवक्ता चालिसेले पार्टी सदस्यहरूको सहयोग र सक्रियताले नै कांग्रेसले यति ठूलो कार्यक्रम थोरै खर्चमा सम्पन्न गर्न सकेको बताए ।

संशोधित विधानले पार्टी पदाधिकारीसहित समग्र केन्द्रीय समितिको आकार समेत बढाएको छ । १५औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय समितिको आकार बढाउने महामन्त्री प्रदीप पौडेलको प्रस्ताव पारित गरेको हो ।

जसअनुसार यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय रहेकोमा अहिले बढाएर २९७ जना रहने बनाइएको छ ।

महामन्त्री पौडेलद्वारा प्रस्तावित भइ संशोधन भएको विधानमा १ सभापति, १ वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री हुने बताए। उनका अनुसार ४ सहमहामन्त्री सभापतिले मनोनीत गर्नेछन् ।

विधान पारित भएसँगै अब निर्वाचन प्रक्रिया अगाडि बढ्ने मार्ग प्रशस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?