सशस्त्रमा एआईजी वंशीराज दाहाल निलम्बित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन् ।

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरितको काम गरेको भन्दै दाहाललाई सरकारले निलम्बन गरेको हो ।

दाहालले आचरण विपरित काम गरेको भन्दै सशस्त्रले कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो । दाहालमाथि लागेका आरोपबारे छानबिन गरी गृहमन्त्रालयले उनलाई निलम्बन गरी ३ दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।=

‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानूनी व्यवस्था रहेकोमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीाराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारवाहीको लागि मन्त्रालयमा सिफारिस प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न यस मन्त्रालयको मिति २०८३र६र१९ गतेको निर्णयानुसार निजलाई निलम्बन गरी ३ (तीन) दिन भित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ गृहका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार उनको एक वर्ष म्याद थपका लागि सशस्त्र प्रहरी बल मुख्यालयले गत बुधबार गृह मन्त्रालयमा पत्राचारसमेत गरिसकेको थियो ।

म्याद थप नभएको अवस्थामा आगामी असोज २७ गते अवकाशमा जान लागेका हुन् । तर म्याद थप गर्ने वा नगर्ने निर्णय आउनुभन्दा पहिले नै उनी निलम्बनमा परेका हुन् ।

त्यसो त उनको म्याद थपको पत्र गृहमन्त्रालयमा पुगेको पर्सिपल्टै गम्भीर आरोपमा उनीमाथि स्पष्टीकरण सोधिएको थियो ।

त्यसो त दाहालले गरेको हरेक गतिविधिबारे लोकपथले यसअघि नै समाचारहरु प्रकाशित गरिसकेको छ ।

यो पनि…

चोलेन्द्र प्रकरणमा ‘चेन अफ कमान्ड’ तोडेको भन्दै सशस्त्रका एआईजी दाहाललाई स्पष्टीकरण सोधियो, बर्खास्त हुनेसम्मको चर्चा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?