के हो गगनलाई रविको दोस्रो गुन ?

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको संस्थापन इतर पक्षमाथि लक्षित गर्दै पार्टीभित्र निरन्तर विरोध र असन्तुष्टि जनाउने नेताहरूलाई फकाएर राख्नुभन्दा अलग हुनु नै उपयुक्त हुने टिप्पणी गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसभित्रको आन्तरिक किचलो र नेतृत्वप्रति गरिने आलोचनाप्रति व्यङ्ग्य गरेका हुन् ।

उनले पार्टीभित्र सधैँ ‘कचकच र गनगन’ गर्ने प्रवृत्तिले समग्र संगठनको ऊर्जा नष्ट गरिरहेको जिकिर गरे ।

लामिछानेले आफूले थापालाई राजनीतिक जीवनमा ‘दोस्रो गुन’ लगाएको दाबी गर्दै त्यसलाई मान्ने वा नमान्ने जिम्मा स्वयं थापाकै भएको बताए ।

उनले भने, ‘कहिलेकाहीँ पार्टीभित्र बसेर निरन्तर कचकच, गनगन र असन्तुष्टि व्यक्त गरिरहने साथीहरूलाई बारम्बार फकाउँदै आफ्नो सम्पूर्ण ऊर्जा खर्च गर्नुभन्दा, आवश्यक परे छोडिदिनु नै उचित हुन्छ । यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन पनि दिएको छु। मान्ने–नमान्ने जिम्मा उहाँकै हो ।’

कांग्रेसको संस्थापन इतर समूहमाथि भइरहेको दबाब र त्यसलाई व्यवस्थापन गर्ने क्रममा नेतृत्वले खर्चनुपर्ने समयप्रति उनले कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?