वैकल्पिक विकास वित्त कोषको सीईओका लागि आवेदन खुला, १० वर्ष व्यवस्थापकीय अनुभव अनिवार्य

लोकपथ
0
Shares

काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन खुला गरेको छ ।

अर्थ मन्त्रालयले आज (असोज १६ गते) आवेदन आह्वान गर्दै असोज २९ गतेसम्म आवेदन दिन समय दिएको छ । पाँच जनाभन्दा कम आवेदन परेमा थप सात दिन समय दिएर पुनः आवेदन माग गर्न सकिनेछ ।

सीईओका लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति योग्य हुनेछन् । सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव भएको हुनुपर्नेछ ।

उम्मेदवारको शैक्षिक योग्यता, व्यवस्थापकीय अनुभव, वैकल्पिक वित्त तथा आयोजना विश्लेषणको अनुभव, कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा १०० अंकमा मूल्यांकन गरिनेछ ।

छनोट समितिले उत्कृष्ट तीन उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ । भ्रष्टाचारलगायत गम्भीर फौजदारी कसुरमा दोषी ठहर भएका, कालोसूचीमा रहेका तथा दामासाहीमा परेका व्यक्ति भने आवेदनका लागि अयोग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?