काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको २५ रूपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया