पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन जना बेपत्ता

लोकपथ
28
Shares

पाल्पा । पाल्पाका विभिन्न स्थानमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो ।

दुवै जनाको शव पहिरोबाट निकालिएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी, पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिएको छ ।

पहिरोमा घर्तीमगरको परिवारका दुई जना र छिमेकीकी एक छोरी बेपत्ता भएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।

बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?