कालीगण्डकीमा बाढी : पर्वतका पाँच घर बगे, बस्ती जोखिममा

लोकपथ
0
Shares

गण्डकी । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ ।

बाढीका कारण आसपासका अन्य धेरै घर पनि जोखिममा परेका छन् । जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

कालीगण्डकीको बाढीले म्याग्दी, पर्वत र बागलुङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा विभिन्न ठाउँमा कटान गरेको छ ।

गएरातिदेखि कालीगण्डकीमा पानीको सतह बढेपछि नदी आसपासका स्थानीय त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?