काठमाडौं । भोटेकोशी बाढीपछि अझै पाँच हजार २८५ जना सम्पर्कविहीन रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये नुवाकोटका १८७, रसुवाका ८०५ र धादिङका १२१ गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन् ।
त्यस्तै, हालसम्म दुई हजार ६० जनाको डीएनए नमुना सङ्कलन गरिएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार भइरहेको छ ।
सुरक्षा निकायमार्फत अहिलेसम्म १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया