नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

लोकपथ
84
Shares

काठमाडौं । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले शुक्रबार संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । भेटमा नेपाल र सेनेगलबीच पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको जनाइएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको सङ्ख्या १८८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?