त्रिशूली नदीमा जलसतह सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह

लोकपथ
70
Shares

काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२ः४० बजे सूचना जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

त्यस्तै, नदी किनार हुँदै यात्रा गर्ने यात्रुलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नदीको बहाव बढ्न सक्ने भएकाले सम्भावित बाढीबाट जोगिन बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?