काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि मुल नारा र लोगो सार्वजनिक गरेको छ ।
कांग्रेसको आधिकारिक फेसबुक फेजबाट नारा र लोगो सार्वजनिक गरिएको हो ।
‘गौरव, गति, गन्तव्य’ लाई आत्मसाथ गर्ने संकल्प राखेको कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नामक नारा दिइएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ गतेबाट काठमाडौंमा हुँदैछ । गत असोज ३ गतेबाट वडा अधिवेशन सुरु भएको कांग्रेसमा अहिले विभिन्न तहका अधिवेशन चलिरहेको छ ।
त्यसो त कांग्रेसको संस्थापन इतर समूहले समेत छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ ।
लोगोमा कांग्रेसका संस्थापक नेता वीपी कोइरालादेखि पूर्वसभापति शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया