काठमाडौं । रौतहटको गौर नगरपालिका–४ टिकुलियाबाट ४७ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको मोबाइलका पार्ट्ससहित दुई वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।
सोही ठाउँमा रहेको एक स्थानीयको घरबाट उल्लेखित मूल्यको मोबाइलका पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।
सो ठाउँमा अवैध रुपले लुकाई छिपाई राखेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा उक्त गणबाट सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा सशस्त्र प्रहरी तथा भन्सार कार्यालयको टोली खटिएको थियो ।
सो टोलीले उक्त घरबाट BR-OAA-3463 र BR-302-3239 नम्बरको दुई वटा मोटरसाईकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिलकुमार श्रेष्ठले जानकारी दिए ।
बरामद मोबाइलका पार्ट्स तथा दुई वटै मोटरसाईकल आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।
बरामद मोवाईल पार्ट्सको ४७ लाख ७४ हजार ५ सय रुपैयाँ र दुई वटा मोटरसाईकलको २ लाख ४० हजार रुपैयाँसहित भन्सार दाखिला मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
कञ्चनपुरको दोधारा चादनीबाट ७ लाख रुपैयाँ भन्दा बढी मुल्यको कच्चा पदार्थ बरामद
कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिका–१ स्याउलेटोलबाट असोज ७ गते सशस्त्र प्रहरीले ७४ वटा बोरामा राखिएको ७ लाख ४१ हजार रुपैयाँ बराबरको आल्मुनियम बनाउने कच्चा पदार्थ बरामद गरेको छ ।

सोही ठाउँ बस्ने एक स्थानीय घर नजिकै बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्यको ३ हजार ८ सय के.जी. कच्चा पदार्थ बरामद गरिएको हो ।
उक्त कच्चा पदार्थ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण कञ्चनपुर मातहत कार्यालयबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद कच्चा पदार्थ आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । उक्त पदार्थ भारततर्फ चोरीनिकासी गर्न लागेको आशंका गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया